ad ad

समाज


‘चौथो नेसनल किड्स अफ द इयर’ बने अर्नब र सायरा

‘चौथो नेसनल किड्स अफ द इयर’ बने अर्नब र सायरा

नेपालखबर
भदौ २७, २०७९ सोमबार १४:४२, काठमाडौँ

‘चौथो नेसनल किड्स अफ द इयर २०२२’ को उपाधि सिनियर तर्फ अर्नब श्रेष्ठ र सायरा भट्टले जितेका छन्।

काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उनीहरुले उपाधि सहित जनही २५ हजार रुपैयाँ र सिंगापुरमा सम्पन्न हुने इन्टरनेसनल किड्स अफ द इयरमा नेपालबाट भाग लिने अवसर पनि हासिल गरेको आयोजक धीरज तण्डुकारले जानकारी गराए। 

यसैगरी जुनियरतर्फ लक्ष्य जैन र साम्राज्ञी बुढाथोकीले सम्पन्न ‘चौथो नेशनल किड्स अफ द इयर २०२२’ उपाधि जितेका छन्। यी दुई पनि उपाधिसँगै जनही २५ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर हासिल गरेका छन्।
 

इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित यो प्रतियोगितामा सिनियर तर्फबाट फस्ट रनर अपको उपाधि दिब्य रत्न डंगोल र निभिका दुवालले तथा सेकेन्ड रनर अपको उपाधि सुभान पुन र आश्रय भट्टराईले जितेका छन्।

सोही कार्यक्रममा जुनियरतर्फ फस्ट रनरअपको उपाधि हिमांशु क्षत्री र एन्जल केसीले तथा सेकेन्ड रनरअपको उपाधि युग श्रेष्ठ र श्रेता पौडेलले हासिल गरेका छन्।

प्रतियोगितामा अन्य उपाधितर्फ पनि प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो। जसमा सिनियरतर्फ बिपस्वी श्रेष्ठले मस्ट कन्फिडेन्ट, लिभा शाक्यले फोटोजेनिक, सायरा भट्टले पपुलर र ट्यालेन्ट, आश्रीया भट्टराईले बेस्ट पर्सनालिटी, श्रेयसी पन्डितले ब्युटिफुल, सुनिभा पाण्डेले गुड लिस्नर, अग्रिम विक्रम सिजापतिले मस्ट हेन्डस र बेस्ट वाक, अर्नव श्रेष्ठले फोटोजेनिक, ट्यालेन्ट र पपुलर तथा दिव्यरत्न डँगोलले स्टाईलिस्टको उपाधि हासिल गरे।

यसैगरी सो प्रतियोगितामा जुनियर तर्फ देभान्सी जोधानीले गुड लिस्नर, दिब्यँगना डंगोलले मस्ट डिसिप्लेन, लेवाना तुलाधरले फोटोजेनिक र क्युटिपाई, नियाना अग्रवालले मस्ट रेस्पोन्सिवल, प्राश्ना कोईरालाले मस्ट हार्डवर्क, एन्जल केसीले बेस्ट लिडरसिप, इल्सा श्रेष्ठले मस्ट हेल्पफुल, स्नेहा शाक्यले बेस्ट स्माईल, आराध्य जोशीले गुड कम्युनिकेटर, सान्बी भट्टराईले मस्ट फेन्डली, साम्राज्ञी बुढाथोकीले बेस्ट पर्सनालिटी, आर्या महर्जनले बेस्ट वाक, युरेका प्रधानले मस्ट स्टाइलिस्ट, अल्वेन राज्यलक्ष्मी राणाले मस्ट एक्टिभ, श्वेता नगरकोटीले मस्ट कन्फिडेन्ट, आर्या शाक्यले मस्ट क्रिएटिभ, रोजश्री केसीले मस्ट ब्युटिफलको उपाधि प्राप्त गरे।

यस्तै, जुनियरतर्फ नै सदीक्षा श्रेष्ठले मस्ट इन्टेलिजेन्ट, श्रेता पौडेलले मस्ट पपुलर र ट्यालेन्ट, हिमांशु क्षत्रीले गुड कम्युनिकेटर, विभान अग्रवालले हार्डवर्किङ र इन्टेलिजेन्ट, रियुस सिल्पकारले मस्ट फेन्डली, उक्सिद साया प्रजापतिले फोटोजेनिक, सामर्थ श्रेष्ठले मस्ट पपुलर र बेस्ट पर्सनालिटी, स्पन्द बिसीले कन्फिडेन्ट, युग श्रेष्ठले लिडरसिप र मस्ट क्रियटिभ, लक्ष्य जैनले मस्ट एक्टिभ र स्टाईलिस्ट, सुहास पुनले बेस्ट वाक र ट्यालेन्ट, सुप्रभ हाडाले मस्ट रेस्पोन्सिवल र सक्सेस जमकटेलले मस्ट ह्यान्समको उपाधि हासिल गरे।

सो प्रतियोगिताको निर्णायकमा गायक सञ्जय श्रेष्ठ, अभिनेताद्वय गजित विष्ट र वीरेन्द्र हमाल, फुटबल खेलाडी हरि खड्का, डा. दीपेश शाक्य, मोडल स्मारिक शर्मा, दीपक घिमिरे, कोरियोग्राफर जयन सुब्बा मानन्धर, महेश केसी र रुस्का श्रेष्ठ थिए। सो प्रतियोगिताको कोरियोग्राफी स्वस्तिका राजभण्डारीले गरेकी थिइन्। 

ग्रान्ड फिनाले समारोहमा गायक धीरज राई, डान्सर गोमा न्यौपाने, मिना गिरी, रोहित थापा, कमेडियन महादेव त्रिपाठी, राजेन्द्र गिरीलगायतले आफ्नो प्रस्तुति दिएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .