समाज


पुजारी हत्याका अभियुक्त दुई वर्षपछि पक्राउ

पुजारी हत्याका अभियुक्त दुई वर्षपछि पक्राउ

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०७९ सोमबार ६:५०, काठमाडौँ

रौतहटको माधव नारायण नगरपालिका-२ का एक पुजारीको हत्यामा संलग्न भएको आरोप लागेका एक अभियुक्तलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ।

३ भदौ २०७७ मा माधव नारायण-२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको हत्यामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका-१ करुणिया घर भएका शेख बिकाउ छन्। 

आपसी विवादमा उनले पुजारी साहलाई कन्चटमा गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले जानकारी दिए। 

हत्यापछि लुकिछिपी बस्दै आएका आरोपीलाई आफ्नो घर आएको मौकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

त्यसैगरी रौतहट प्रहरीले लागू औषध मुद्दाका फरार अभियुक्त यमुनामाई गाउँपालिका ४ का ४० वर्षीय रामनरेश साह कानुलाई पनि पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad