ad ad

समाज


स्रोत नखुलेको १५ लाख रकमसहित काठमाडौंका २ युवा सर्लाहीबाट पक्राउ

स्रोत नखुलेको १५ लाख रकमसहित काठमाडौंका २ युवा सर्लाहीबाट पक्राउ

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०७९ सोमबार ६:४६, काठमाडौँ

स्रोत नखुलेको १५ लाख रुपैयाँसहित प्रहरीले सर्लाही सदरमुकामबाट दुई युवालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-६ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-१२ बस्दै आएका ३५ वर्षीय जनकराज हामाल र धादिङको गल्छी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका १४ बस्ने २५ वर्षीय सुमन खतिवडा छन्। 

भारतीय सीमा सुरक्षा बल (एसएसबी) कोसमेत सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले सदरमुकाम मलंगवा नगरपालिका-८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए। 

‘उनीहरु बा ९८ प ७१५८ नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै थिए। शंका लागेपछि रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १५ लाख १६ हजार रुपैयाँ बरामद भयो,’ डीएसपी यादवले भने, ‘उक्त रकमको स्रोत नखुलेपछि उनीहरुलाई पक्राउ गरिएको हो।’ 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थपथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .