ad ad

समाज


पञ्चायत सुरू भएलगत्तै नेपाल आएकी थिइन् बेलायती महारानी

पञ्चायत सुरू भएलगत्तै नेपाल आएकी थिइन् बेलायती महारानी

नेपालखबर
भदौ २४, २०७९ शुक्रबार ०:८, काठमाडौँ

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ।​

बकिङ्घम प्यालेसले बिहीबार विज्ञप्ति जारी गरी महारानी एलिजाबेथ द्वितीयको शान्तिपूर्वक निधन भएको जनाएको छ।

बेलायतको बालमोरलमा उनको निधन भएको हो।

एलिजाबेथ द्वितीय बेलायतकी सबैभन्दा लामो ७० वर्षसम्म गद्दीमा रहने राजपरिवारकी सदस्य हुन्।

उनी १२ महिनायता विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिइन्।

हिजो बुधबार मात्रै महारानी चिकित्सकको निगरानीमा रहेको बेलायती राजदरबारले जनाएको थियो।

नेपाल यात्रा
महारानी एलिजाबेथ द्वितीय वि.सं. २०१७ सालमा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्।

तत्कालीन राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्था लागू गरेलगत्तै उनको नेपाल भ्रमण भएको थियो।

एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन १९६१ मा र सन् १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्।

उनको त्यस भ्रमणले विशेष चर्चा पाएको थियो। नेपालप्रति उनको विशेष चासो रही आएको कुटनीतिज्ञहरु बताउँछन्।

उनी ७० वर्षसम्म ब्रिटेनको सम्राटका रूपमा रहिन्।

एलिजाबेथ सन् १९५२ मा ब्रिटेनकी महारानी बनेकी थिइन्। त्यसको १६ महिनापछि जुन १९५३ मा उनको गद्दी आरोहण समारोह भएको थियो।

महारानीको निधनपछि उनका जेठा छोरा राजकुमार चार्ल्स ब्रिटेनका सम्राट रहनेछन्।                                           

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .