ad ad

समाज


पिकअपको ठक्करबाट सुनसरीमा मन्त्रीका पीएसओसहित दुई प्रहरीको मृत्यु

पिकअपको ठक्करबाट सुनसरीमा मन्त्रीका पीएसओसहित दुई प्रहरीको मृत्यु

नेपालखबर
भदौ १८, २०७९ शनिबार १५:५९, काठमाडौँ

सुनसरीमा सवारी दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ। शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरीका सहायक हवल्दार प्रकाश गोजेवारको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए। 

चौधरी श्रम मन्त्रालयमा पीएसओको रुपमा कार्यरत थिए भने गोजवार बीओपीमा कार्यरत थिए। 

उनीहरु के कामका लागि गएका थिए भन्ने बुझिरहेको एसपी ढकालले बताए। 

पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पश्चितर्फ जाँदै गरेको पिकअप भ्यानले कोसी गाउँपालिका १ स्थित सडकखण्डमा ठक्कर दिँदै दुवै प्रहरी घाइते भएका थिए। उनीहरुलाई तत्काल न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। 

ठक्कर दिने सवारीका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .