श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षेलाई पक्राउ गर्न माग गरिएको छ। विरोध प्रदर्शनका माझ देश छाडेर भागेका उनी हालै स्वदेश फर्किएका छन्।
जुलाईमा प्रर्दनकारीहरु उनको सरकारी आवासमा प्रवेश गरेपछि सेनाको सहयोगमा उनी भागेका थिए। ७३ वर्षीय राजापाक्षेले सिंगापुरबाट इमेलमा राजीनामा पठाएका थिए।
केही सातापछि उनी थाइल्यान्डको ब्यांकक पुगेका थिए।
प्रदर्शनकारी नेताहरुले उनलाई गिरफ्तार गर्नुपर्ने बताइरहेका छन्।
‘कुनै देशले पनि लिन नमानेपछि गोटाबाय फर्केका छन्। उनीसँग लुक्ने ठाउँ छैन,’ शिक्षकहरुको ट्रेड युनियनका नेता जोसेफ स्टालिनले भने।
‘उनलाई तुरुन्त पक्राउ गरिनुपर्छ। श्रीलंकाका २ करोड २० जनतालाई दुःख दिएकोमा उनलाई मुद्दा चलाइनुपर्छ,’ उनले भने, ‘मानौँ केही नभएजसरी उनी आनन्दले बस्न पाउनु हुँदैन।’ एजेन्सी
Shares
प्रतिक्रिया