समाज


काठमाडौंको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारी

दशजना सहसचिवको सरुवा
काठमाडौंको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारी

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १३:१०, काठमाडौँ

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव वसन्त अधिकारीको सरुवा भएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अधिकारीसहित १० सहसचिवको सरुवा गरेका हुन्। 

अधिकारी साढे दुई वर्षयता संघीय मामिला मन्त्रालयका प्रवक्ता थिए। अधिकारी कर्मचारी प्रशाशनमा असल छवि बनाएका सहसचिव हुन्। 

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशाशकीय अधिकृत पद निकै प्रभावशाली मानिन्छ। 

महानगरको प्रमुख प्रशाशकीय अधिकृत रहेका लोकनाथ पौडेललाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ। 

पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेको भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएको छ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालको गृह मन्त्रालयमा सरुवा भएको छ। 

सामान्य प्रशसनको अतिरिक्त समूहमा पुगेका लोकनाथ पौडेल

बेपत्ता आयोगकी सहसचिव रोशनी श्रेष्ठको गृहमन्त्रालयमा सरुवा भएको छ। त्यस्तै संघीय मन्त्रालयको अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मन्त्रालयमै राखिएको छ। 

भौतिक योजना मन्त्रालयका सहसचिव सुरेश राउतको श्रम मन्त्रालय र वित्त आयोगका सहसचिव शम्भु कार्कीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ। 

त्यस्तै संघीय मन्त्रालयको स्थानीय पूर्वाधार विकास बिभागका सहसचिव कृष्ण कुमार मिश्रको मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय सरुवा गरिएको छ। 

मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव दीपक कुमार दासको वित्त आयोगमा सरुवा भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad