ad ad

समाज


५० हजार घुससहित प्रहरीका सई र जवान पक्राउ

५० हजार घुससहित प्रहरीका सई र जवान पक्राउ

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ४:५,

सर्लाहीको ब्रह्म्पुरीबाट दुई प्रहरी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

व्यापारीसँग ५० हजार रुपैयाँ घुस लिँदै गर्दा प्रहरी नायब निरीक्षक (सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

उनीहरुलाई आयोगको बर्दिबास महोत्तरीको टोलीले मंगलबार पक्राउ गरेको हो। भारतीय बजारबाट समान ओसारपसार गर्न सहज बनाइ दिने भन्दै उनीहरुले व्यापारीबाट ५० हजार रुपैयाँ घुस असुलेका अख्तियारले जनाएको छ।

उनीहरु दुबै प्रहरी चौकी ब्रह्म्पुरीमा कार्यरत थिए। भारतीय बजारबाट नेपालतर्फ सामान ल्याउने व्यापारीसँग उनीहरुले रकम असुल्दै आएको उजुरीको आधारमा अख्तियारको टोली खटिएको थियो।

पक्राउपछि दुबैलाई थप अनुसन्धानको लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .