समाज


मोरङमा पक्राउ परेका विप्लवका कार्यकर्ता प्रहरीका पटके अभियुक्त

मोरङमा पक्राउ परेका विप्लवका कार्यकर्ता प्रहरीका पटके अभियुक्त

नेपालखबर
असार ९, २०७६ सोमबार ११:४२,

 प्रहरीले आइतबार साँझ मोरङको बेलबारी नगरपालिकाबाट हतियारसहित पक्राउ गरेका व्यक्ति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला स्तरीय नेता भएको खुलासा भएको छ।

आइतबार साँझ प्रहरीले बेलबारी नगरपालिका–३, स्थित स्कुल डाँडामा सवारी जाँचका क्रममा को.१७ प ४५८६ नम्बरको मोटरसाईकल चेकजाँचका क्रममा मोरङकै सुन्दर हरैचा नगरपालिका–१२ का ४० वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका– ६ का ३४ वर्षीया सुदीप भन्ने कंश धिमाललाई अटोममेटिक पेस्ताेल, म्याग्जिन र १४ थान गोलीसहित पक्राउ गरेको थियो। उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटाएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकामाथि भएको अनुसन्धानपछि उनीहरु विप्लव नेतृत्वको नेकपाका जिल्लास्तरीय नेता भएको खुलेको हो।

विप्लव नेतृत्वको नेकपाले बेलबारी क्षेत्रमा चन्दा आतंक मच्चाएको भन्दै प्रहरीले बेलबारी क्षेत्रमा विशेष निगरानी बढाएको थियो।

विशेष सूचनाका आधारमा आइतबार राई र धिमाललाई पक्रन प्रहरी सफल भएको हो। पक्राउ परेका राई नेकपाको जिल्ला जनपरिषद् प्रमुख रहेको र धिमाल सक्रिय
कार्यकर्ता रहेको प्रहरीले बताएको छ।

hatiyar

पक्राउपछिको अनुसन्धानमा निजहरुले हतियार लुकाएको खुलेपछि प्रहरीले विशेष खोजतलासका क्रममा धिमालको घरमा लुकाई राखिएको अवस्थामा अटोमेटिक पेस्तोल २ थान, म्याग्जिन ४ थान र सो पेस्तोलमा लाग्ने १४ राउन्ड गोली बरामद गरेको हो। त्यस्तै धिमालको घरबाट प्रहरीले एक थाल लोड गरेकोसहित ३ भरुवा बन्दुक र सो बन्दुकमा प्रयोग हुने बारूद, छर्रा, नटबोल्ट, केप, वासर, पुल्थ्रोमा प्रयोग भएको कपडा लगायतका सामग्री बरामद गरेको जनाएको छ।

पक्राउ परेका धिमाल प्रहरीको पटके अभियुक्त भएको प्रहरीले जनाएको छ। उनी २०६६ सालमा उर्लावारी मंगलबारेस्थित सुनचाँदी पसलमा लुटपाटमा डाँका मुद्दा र २०६६ सालमा झापाको दमकस्थित लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरेका व्यक्ति भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई तत्काल मुलुकी फौजदारी अपराध ऐन ०७४ अन्तर्गतको हातहतियार तथा खरखजाना अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .