समाज


सिरहाको लक्ष्मीपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

सिरहाको लक्ष्मीपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

नेपालखबर
मंसिर २२, २०७६ आइतबार १३:३७,

गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने माग गर्दै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अगाडि प्रदर्शनमा उत्रेको आन्दोलनकारी र प्रहरीबीच आज झडप भएको छ।

झडपका क्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ३ का अध्यक्ष राजेश्वर साह सुडीसहित आधा दर्जन घाइते भएका छन्। आन्दोलनमा उत्रेका आन्दोलनकारीले गाउँपालिकाको भवन अगाडि प्रदर्शन गर्नुका साथै कार्यालयमा तोडफोड गर्न थालेपछि भीडलाई नियन्त्रणमा लिन हस्तक्षेप गर्नुपरेको प्रहरीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको छ।

गाउँपालिकाको बजेट गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेको भन्दै सम्पूर्ण हरहिसाब पारदर्शी गर्नुपर्ने मागसहित स्थानीय आन्दोलनमा उत्रिएको हो। जुलुससहित गाउँपालिका भवन घेराउ गर्ने क्रममा फोरमका कार्यकर्ताले आफ्ना कार्यकर्ताको टाउँको फुटाइ दिएपछि आफूहरु तोडफोडमा उत्रिएको आन्दोलनकारीले बताएका छन्।

आन्दोलनकारीले गाउँपालिकाको भवनको झ्याल, ढोका फुटाउनुका साथै कार्यालयभित्र रहेका पदाधिकारीमाथि आक्रमण गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिन पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ।

कूल छ वटा वडा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकाकामा तीन वटा वडामा सङ्घीय समाजवादी फोरम, दुई वटा वडामा नेपाली कांग्रेस र एक वटा वडामा नेकपाले जितेका छन्। गाउँपालिकामा अनियमितता भएको भन्दै नेपाली काँग्रेस र नेकपाले आन्दोलन गरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .