ad ad

समाज


६३ डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

६३ डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
साउन १९, २०७९ बिहिबार २०:५५, काठमाडौँ

नेपाल प्रहरीका ६३ जना प्रहरी अधिकारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। 

विभिन्न मितिमा बढुवा भएका ५७ जना र खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी ६३ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 

दर्ज्यानी चिन्ह प्रदान गरिएकामा प्रशासनतर्फका प्रहरी नायव उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहेका छन्। 

बाबुछोराले लगाए सँगै डीएसपीको फूली 
कास्कीको माछापुछ्रे गाउँपालिकाका राजेन्द्र प्रसाद अधिकारी र उनका छोरा ध्रुव अधिकारीले सँगै डीएसपीको फूली लगाएका छन्। गत साउन ३ गते फरक फरक समूहबाट उनीहरु डीएसपीमा बढुवा भएका थिए। 

राजेन्द्र साधारण समूहतर्फ र ध्रुव प्राविधिक समूहतर्फ डीएसपीमा बढुवाका लागि सिफारिस भएका थिए। उनीहरु २४ वर्षको फरकमा प्रहरीमा भर्ना भएर एकैदिन डिएस्पीमा बढुवा भएर सँगै फूली लगाएका हुन्।

राजेन्द्र २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा र ध्रुव २०७५ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। 

ध्रुव राजेन्द्रका कान्छा छोरा हुन्।

एकै दिन बढुवा भएका बाबुछोराले सँगै लगाए डीएसपीको फुली

२४ वर्षको अन्तरमा प्रहरीमा भर्ना भएका बाबुछोरा एकै दिन डीएसपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .