समाज


उडिरहेको श्रीको जहाजमा धुवाँ आएपछि..., यात्रु भन्छन् : भाग्य बलियो रहेछ (भिडिओसहित)

उडिरहेको श्रीको जहाजमा धुवाँ आएपछि..., यात्रु भन्छन् : भाग्य बलियो रहेछ (भिडिओसहित)

नेपालखबर
साउन १९, २०७९ बिहिबार १२:४२, काठमाडौँ

श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।  

जहाज आगोसहित धुवाँ निस्किएपछि यात्रुबीच कोलाहल भएको थियो। धुवाँ निस्किएपछि जहाजलाई आकाशमा दुई फन्को लगाएपछि नेपालगञ्ज विमानस्थलमै अवतरण गराइएको हो।

जहाज आकस्मिक अवतरण गरेपछि त्यसमा सवार ७९ यात्रुबीच भागाभाग भएको थियो। जहाजकी परिचारिकाले यात्रुलाई तत्काल बाहिर जान भनेकी थिइन्।

धुवाँ फैलिँदै गएपछि सामान समेत छाडेर सबै यात्रु हतारिँदै निस्किएका थिए। परिचारिकाले पनि सामान छाडेर जहाजबाट बाहिर जान भनेकी थिइन्। 

जहाजमा आगो लागेपछि वारुण यन्त्रसहित अग्निनियन्त्रक टोली नेपालगञ्ज विमानस्थलमा पुगेको थियो। 

कन्सल्टेन्सी सञ्चालकसमेत रहेका एकजना यात्रु बिनोज बाँस्तोलाले जहाज अवतरणपछिका भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले पोस्ट गरेको भिडिओमा परिचारिकाले सबै यात्रुलाई सामान छाडेर विमान बाहिर जान भनिरहेकी छन्। 

विमानस्थलमा अवतरण गराएपछि पनि श्रीको जहाजमा धुवाँ नरोकिएपछि यात्रु आत्तिएका थिए। यात्रु बाँस्तोलाले आफूहरु भाग्यले बाँचेको प्रतिक्रिया दिएका छन्। 

'अहिले विमानस्थलमा दमकल पनि आइपुगेको छ। हामीलाई जहाज भित्र बस्दा धेरै डर लागेको थियो', उनले भने, 'धुवाँ आइसकेकाले माथि नै यात्रु आत्तिएका थिए। अवतरणपछि सबैको भागाभाग अवस्था भयो। आज हामी भाग्यले जोगिन सफल भयौँ।'

काठमाडौंको लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गराइएको श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताएका छन्। 

उनका अनुसार उडानलगत्तै केही प्राविधिक समस्या देखिएकाले नेपालगञ्जमै आकस्मिक अवतरण गराइएको जानकारी दिए। 

‘जहाजमा के प्राविधिक समस्या आएको हो। काठमाडौंबाट प्राविधिक जाँदै छन्,’ मानन्धरले भने,‘त्यहाँको यात्रुलाई अर्को जहाजबाट ल्याउने व्यवस्था मिलाउँछौँ।’

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .