समाज


रुखले किचेर ३ जनाको मृत्यु भएपछि काट्न थालियो सल्लाघारीका रुख

रुखले किचेर ३ जनाको मृत्यु भएपछि काट्न थालियो सल्लाघारीका रुख

नेपालखबर
साउन ९, २०७९ सोमबार ९:१०, भक्तपुर

भक्तपुरको सल्लाघारीस्थित सडक छेउमा  रहेका जोखिमयुक्त रुखहरू धमाधम काट्न थालिएको छ।

आइतबार सडक छेउमा रहेको रुखले किच्दा सार्वजनिक बस र स्कुटरमा सवार ३ जनाको निधन भएको थियो। 

भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटी किच्दा तीनको मृत्यु, १२ जना घाइते

सो घटनामा झण्डै १५ जनाभन्दा बढी घाइते भएका थिए।

चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रुख ढलेपछि सो घटना घटेको थियो। सोही क्षेत्रमा शनिबार पनि एउटा रुख ढलेको थियो। यद्यपि सो रुखले कुनै क्षति भनेको गरेको थिएन।

सल्लाघारी घटना : मृतक तीनैजनाको पहिचान खुल्यो

आइतबार ढलेको रुखले क्षति पुर्‍याएपछि स्थानीयहरुको सक्रियतामा जोखिमयुक्त रुखहरू काट्न थालिएको हो। 

गृहमन्त्री बालकृष्ण खाणले सो घटनाबाट घाइते भएकाहरुको उपचारमा कुनै कसुर बाँकी नराख्न आइतबार नै निर्देशन दिएका थिए।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .