ad ad

समाज


सिद्धबाबालाई थप सात दिन हिरासतमा राख्न अदालतको आदेश

सिद्धबाबालाई थप सात दिन हिरासतमा राख्न अदालतको आदेश

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ७:४५,

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप सात दिन हिसातमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश गरेको हो।

पहिलोपटक सोमबार उनलाई चार दिन हिसातमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो। सो अवधिमा अनुसन्धान पूरा नभएपछि अदालतले दोस्रोपटक सात दिनको म्याद दिएको हो।

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबालाई प्रहरीले विराटनगरस्थित विराट नर्सिङ होमको  आईसीयू सोमबार नियन्त्रणमा लिएको थियो।

पक्राउसँगै उनीबाट बरामद सबै सबुत जाँचका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएको छ।

आफ्नो नाम पछिल्लो पटक फेरेर ‘सिद्धबाबा’का रुपमा कहलिएका विवादास्पद कृष्णबहादुर गिरीविरुद्ध सुनसरी जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ।

सुनसरी बाहिरकी एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी गत बिहीबार दर्ता गराएकी हुन्। घटना गत कात्तिक ४ गते भएको उजुरीमा उल्लेख छ।

आफूविरुद्ध उजुरी दर्ता भएको थाहा पाएपछि ‘सिद्धबाबा’ मुटु दुखेको भन्दै शुक्रबार बिहानै अस्पताल भर्ना भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .