ad ad

समाज


देशका अधिकांश स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

नेपालखबर
साउन २, २०७९ सोमबार ६:१५, काठमाडौँ

आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखा​ले जनाएको छ।

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक/दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

देशको पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .