समाज


काठमाडौंमा सडकमा हिँड्दै गरेकी महिलाको टिपरको ठक्करबाट मृत्यु

काठमाडौंमा सडकमा हिँड्दै गरेकी महिलाको टिपरको ठक्करबाट मृत्यु

नेपालखबर
असार ८, २०७९ बुधबार ८:२९, काठमाडौँ

काठमाडौंका शंखरापुरमा गएराति टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

शंकरापुर नगरपालिका-१ देउराली भञ्याङमा राति ९ बजे प्रदेश ३–०१००६ ख ३४७४ नम्बरको टिपरले ठक्कर दिँदा लीलामाई दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- १३ फट्कशिला घर भइ शंकरापुर बस्दै आएकी दनुवारलाई सडकमा पैदल हिँड्दै गर्दा टिपरले ठक्कर दिएको थियो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad