समाज


उपाध्यक्षका देवरको निधनमा गाउँपालिकाले दियो बिदा

उपाध्यक्षका देवरको निधनमा गाउँपालिकाले दियो बिदा

नेपालखबर
असार ५, २०७९ आइतबार १३:५३, बुटवल

रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षका नातेदारको निधनमा पनि बिदा दिएको छ। 

गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको निधन भएकाले बिदा दिइएको सुचना सार्वजनिक भएको हो। 

गाउँपालिकाद्वारा जारी सूचनामा देवरको नाम भने खुलाइएको छैन। गाउँपालिका अध्यक्ष गयाप्रसाद बरइद्वारा जारी सूचनामा गाउँपालिका कार्यालयदेखि विद्यालय र संघ संस्थासम्मलाई बिदा दिइएको छ। 

'यस कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजी विद्यालय तथा अन्य संघसंस्थासमेत बन्द रहने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ,' सूचनामा भनिएको छ। 

अध्यक्ष बरयीले नेपालखबरसँगको कुराकानीमा निधन भएको ठाउँमा जानै पर्ने भएकाले १ बजेबाट बिदा दिइएको बताए। 

'चट्टै छोडेर गयो भने मान्छेहरुले सोधिहाल्छन् किन अफिस बन्द भयो किन मान्छे छैनन् भनेर। सूचना भइदियो भने राम्रो हुन्छ भनेर बिदा दिएका हौँ', उनले भने।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad