ताप्लेजुङको सिरीजङ्घा ७ खेवांगमा पहिरोमा परेर एकै परिवारका २ जनाको मृत्यु भएको छ।
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएर सासु बुहारीको मृत्यु भएक हाे।
वर्षासँगै आएको पहिरोले गएराति स्थानीय विष्णु अधिकारीको घर पुरेको थियो।
पहिरोमा पुरिएका विष्णुकी आमा तुलसा र पत्नी यशोदाको शव भेटिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविन राईले जानकारी दिए। विष्णु भने घाइते भएका छन, उनलेका हेलिकोप्टरबाट उद्धार गरिएको उनले जानकारी दिए।
पहिरोले अधिकारीका दुई वटै घर पुरेको प्रहरीले जनाएको छ।
24
Shares
प्रतिक्रिया