समाज


महानगर प्रमुख शाहले पत्रकारमाथि दुर्व्यवहार गरेकोप्रति महासंघको आपत्ति

महानगर प्रमुख शाहले पत्रकारमाथि दुर्व्यवहार गरेकोप्रति महासंघको आपत्ति

नेपालखबर
असार १, २०७९ बुधबार १७:५९, काठमाडौँ

नेपाल पत्रकार महासंघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ। 

समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनमा कार्यरत पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दुव्र्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको महासंघले जनाएको छ। 

महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि आज दिउँसो १ः०० बजे त्यहाँ पुगेका पत्रकारद्वयलाई एक्कासि विभाग आइपुगेका प्रमुख साहले हिमालय टेलिभिजनको बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएको महासंघले जनाएको छ।

‘स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .