हेटौंडामा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सबार बाबुछोरीको मृत्यु भएको छ।
शनिबार साँझ भारतीय एनएल–०१एल २९७१ नम्बरको ग्यास बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा हेटौंडा–९ का ५५ वर्षीय ईश्वर तामाङ र उनकी २६ वर्षीया छोरी अमिना तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते उनीहरुको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। दुर्घटनापछि प्रहरीले दुबै सवारी साधन र ग्यास बुलेटका चालकलाई नियन्त्रणमा राखेको छ।
9
Shares

प्रतिक्रिया