ad ad

समाज


बालिका बलात्कार आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

बालिका बलात्कार आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

नेपालखबर
जेठ २८, २०७९ शनिबार १३:२३, इलाम

जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ।

अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।

राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन्।

उनीमाथिसमेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ।

राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ।

चौहानमाथि आरोप लागेको बताइए पनि के आरोप लागेको हो भन्नेबारे खुलाउन नमिल्ने प्रहरीको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .