पाल्पामा जबर्जस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
१८ वर्षकी युवतीलाई जवर्जस्ती करणी गर्न प्रयास गर्ने तानसेन नगरपालिका १२ चण्डीभञ्याङका २६ वर्षीय राजु विक पक्राउ परेका हुन्।
तानसेन ५ मा उनले ती युवतीलाई जबरजस्ती करणीको प्रयास गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
त्यसका आधारमा राजु पक्राउ परेका हुन्। उनीमाथि थप अनुसन्धान प्रकिया अघि बढेको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए।
96
Shares

प्रतिक्रिया