ad ad

समाज


अछाममा किशोर मृत्यु प्रकरण : सीआईबीसँगै एसएसपी नेतृत्वको टोली घटनास्थलमा

अछाममा किशोर मृत्यु प्रकरण : सीआईबीसँगै एसएसपी नेतृत्वको टोली घटनास्थलमा

गोकुल जोशी
जेठ २४, २०७९ मंगलबार १०:३०, महेन्द्रनगर

अछामको पञ्चदेव विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणको अनुसन्धानका लागि अर्को अनुसन्धान टोली परिचालन भएको छ। 

जिल्लाको टोलीलाई सघाउन एसएसपी जनकराज पाण्डेयको नेतृत्वमा रहेकाे ६ सदस्यीय अनुसन्धान टोली सोमबार बेलुका अछाम पुगेको हो।

मंगलबारदेखि अनुसन्धान सुरु गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले जानकारी दिए।

‘अनुसन्धानमा सघाउन अर्को  टोली घटनास्थल पुगिसकेको छ, आजदेखि काम सुरु गर्छ,’ उनले भने।

जेठ १७ गतेदेखि बेपत्ता भएका शाही शनिबार बिहान मृत भेटिएका थिए। घटना अनुसन्धानका लागि जेठ २२ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली पनि घटनास्थलमा छ। 

मृतक शाहीको शव पोष्टमार्टमका लागि प्रहरीले उठाउन सकेको छैन। किटानी जाहेरी दर्ता गरेर घटनाको सत्य, तथ्य छानविन गरी दोषी कानुनी दायरामा नआएसम्म शव उठाउन नदिने पीडित परिवारकाे अडान छ। 

शाहीको हत्या आरोपमा किटानी जाहेरी दिँदा प्रहरीले दर्ता नगरेकोले शव उठाउन नदिएको मृतकका दाइ नाता पर्ने निराजन शाहीले बताए।

‘१४/१५ जना विरुद्ध जाहेरी दिन खोजेका थियौँ, तर प्रहरीले दर्ता गरेन,’ उनले भने, ‘त्यसैले घटनाको सत्य, तथ्य छानविन गरेर दोषीलाई कारबाही नहुँदासम्म शव उठाउन दिदैनौँ।’

उता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावल जाहेरी दर्ताको प्रक्रिया रहेको बताउँछन्। ‘हुलाकमार्फत जाहेरी आएको छ, सनाखत गरेर ७ दिनभित्र दर्ता भइसक्नु पर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .