ad ad

समाज


आईजीपी विवाद : अर्को पेसी ३० गते

आईजीपी विवाद : अर्को पेसी ३० गते

नेपालखबर
जेठ १७, २०७९ मंगलबार १६:२, काठमाडौँ

सर्वोच्च अदालतले आईजीपी विवादसम्बन्धी मुद्दाको अर्को पेसी यही जेठ ३० गतेलाई तोकेको छ। 

मंगलबारका लागि तोकिएको पेशीमा सुनुवाइ हुन नसकेपछि सर्वोच्चले अर्को पेशी जेठ ३० गतेलाई तोकेको अधिवक्ता सुनिता राउतले जानकारी दिइन्।

अवकास भइसकेका तीन डीआईजीको रिट पनि सँगै राखेर हेर्न लागिएको हो। जसका कारण आजको सुनुवाइ प्रभावित भएको हो। 

अब ७ दिनभित्र इमेल, फ्याक्स वा अन्य विद्युतीय माध्यम मार्फत म्याद तामेल गरी गाभ्न नपाउने गरी तीन दिन भित्रमा लिखित जवाफ पेश गर्न मंगलबारको आदेशमा भनिएको छ। 

न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा मंगलबार पेशी तोकिएको थियो। तर डीआईजीको मुद्दाका कारण एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट पनि प्रभावित भएको थियो।

मंगलबार पनि सुनुवाई सरेकाेप्रति असन्तुष्टी जनाउँदै अधिवक्ता राउतले सुनुवाइ ढिलाे हुँदा निवेदकलाई मर्का पर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .