ad ad

समाज


तारा एयरको बेपत्ता जहाज भेटिएन, खोजीकार्य रोकियो

तारा एयरको बेपत्ता जहाज भेटिएन, खोजीकार्य रोकियो

नेपालखबर
जेठ १५, २०७९ आइतबार १९:८, काठमाडौँ

पोखराबाट मुस्ताङको जोमसोमका लागि आइतवार बिहान उडेको केही मिनेटमै बेपत्ता तारा एयरलाइन्सको जहाजको खोजी तथा उद्धार कार्य स्थगित भएको छ।

१९ जना यात्रु र चालक दलका तीन सदस्यसहित पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज मुस्ताङको शिखा क्षेत्रस्थित आकाशमा पुगेपछि एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्क विच्छेद भएको थियो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले आइतवार दिनभर भएको खोजीकार्यबाट जहाज नभेटिएको बताए। 

'आज दिनभर खोजी गर्दा पनि तारा एयरको बेपत्ता जहाज भेटिएन। दुर्गम क्षेत्र भएकाले समस्या भयो। मौसमको खराबी र साँझ पनि परेकाले खोजी आजलाई रोकिएको छ', उनले भने, 'जहाज खोजी कार्यलाई सोमबार बिहानैदेखि स्थलगत र हवाईमार्गबाट पनि जारी राख्ने छौँ। उद्धार तथा खोजी टोली अहिले जोमसोममा स्टान्डबाइ छ।' 

ताराको नाइन एन एईटी कलसाइनको यो जहाज पोखराबाट समिट एयरको अर्को जहाजभन्दा केही बेरपछि उडेको थियो। 

पछिल्लो पटक हराइरहेको तारा एयरलाइन्सको विमानका मुख्य चालक प्रभाकर प्रसाद घिमिरेको मोबाइल फोनको लोकेशन ​कोवाङ आसपास देखिएको बताइएको थियो। 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले चालक घिमिरेको मोबाइल फोनले घरिघरि टावर टिपिरहेको बताएका थिए। तर त्यो लोकेशनमा पनि उद्धार टोली पुग्न सकेन। ​

पोखराबाट ९ : ५५ मा उडेको विमान थासाङ पालिकामाथिको आकाशमा आइपुग्दा १० :१५ भएको थियो।

नेपाल नागरिक उड्ययन प्राधिकरणले जेठ १५ गते पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ : ५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको जहाज अन्तिम पटक जोमसोम टावरसँग १० : ०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .