ad ad

समाज


अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

गोकुल जोशी
जेठ ११, २०७९ बुधबार १७:२१, महेन्द्रनगर

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

पञ्चदेवल विनायक नगरपालिका–४ का ३५ वर्षीय तारा धमाला र ४४ वर्षीय अमर धमालाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो मलामी बोकेको भे १ त ८९३७ नम्बरको ट्रयाक्टरको ट्रली सडकमा पल्टिएको थियो। दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी रविराज थपलियाले बताए। 

‘हाइड्रोलिक उडेर ट्रली घोप्टिएपछि च्यापिएर दुई जनाको ज्यान गएको छ, १६ जना घाइते भएका छन्,’ उनले नेपालखबरसँग भने, ‘ट्याक्टरको ट्रली मध्यपहाडी लोकमार्ग अन्तर्गत सडकमा पल्टिएको छ।’

दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्य सामान्य घाइते रहेका छन्। घाइतेमध्ये एक जनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेको सदरमुकाम मंगलसैनस्थित अस्पतालमा उपचार भइरहेको छ। ट्रयाक्टर मलामी लिएर बेलखेत घाटमा शव अन्त्यष्टिका लागि गइरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .