समाज


रक्सी खान आएका भारतीयलाई एक वर्ष कैद

रक्सी खान आएका भारतीयलाई एक वर्ष कैद

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ८:४०,

मादकपदार्थ सेवन गर्न हतियारसहित यहाँ आएका भारतीय नागरिकलाई एक वर्ष कैद सजाय सुनाइएको छ। बिहीबार जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले भारत बिहारको सुपौल जिल्ला डगमाराग्राम पञ्चायत १२ कुनौली थाना सोनापुर बस्ने २२ वर्षीय रमेशकुमार मण्डललाई एक वर्ष कैद सजाय गरेको हो।

कैद सजायका साथै अदालतले रु १० हजार जरिवाना गरेको छ। छिन्नमस्ता गाउँपालिकामा टाइगर वियर र गोल्डेन ओके नामक रक्सी सेवन गरी हो–हल्ला गर्दै पैदल भारततर्फ गइरहेका मण्डलको शरीर जाँच गर्दा उनको कम्मरमा बाँधेको कटुवा पेस्तोल सशस्त्र प्रहरीले बरामद गरेको थियो।

उनीसँगै मादकपदार्थ खाने डगमारा ग्रामपञ्चायत १३ कुनौली थाना सोनापुर बस्ने ३० वर्षीय श्रवणकुमार साह भने फरार रहेका छन्। छिन्नमस्ता–३ गोविन्दपुरस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नजिकैबाट सशस्त्र प्रहरीले गत चैत २२ गते मण्डललाई पक्राउ गरेको थियो। जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलाशले मण्डल वैशाख १६ गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad