‘नेपालका लागि नेपाली’ अभियानले अभियन्ता ज्ञानेन्द्र शाहीलाई अभियानबाट निष्काशित गरेको छ।
बुधबार बसेको अभियानको केन्द्रीय समितिको बैठकले हालसम्म पु¥याएको योगदानका लागि धन्यावाद दिँदै शाहीलाई अभियानबाट निष्काशित गरेको हो।
‘नेपालका लागि नेपाली अभियानमा श्री ज्ञानेन्द्र शाहीले पु¥याउनु भएको योगदानका लागि धन्यवाद दिँदै निजले मिति २०६७÷८÷११ गते उप्रान्त दिने अभिव्यक्ति, गर्ने क्रियाकलाप र कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपाली अभियानको कुनै संलग्नता, सहभागिता र समर्थन नरहने तथा नेपालका लागि नेपालीमा ज्ञानेन्द्र शाहीको कुनै जिम्मेवारी नरहने व्योहोरा जानकारी गराइन्छ’, केन्द्रीय समितिको निर्ण जानकारी गराउँदै अभियानले भनेको छ।
अभियानले शाही नभए पनि आफ्नो अभियान भने जारी रहने बताएको छ। भ्रष्टचारको अन्त्य र राष्ट्रियताको संरक्षण (संघीयता र धर्म निरपेक्षताको खारेजी) र राजनीतिक शुद्धीकरणको आन्दोलनलाई थप सशक्त बनाउँदै अघि बढ्ने अभियानले जानकारी दिएको छ। त्यसका लागि देश विदेशमा रहेका सम्पूर्ण नागरिकलाई साथ दिन समेत अभियानले अनुरोध गरेको छ।

Shares

प्रतिक्रिया