मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको बताएका छन्।
‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ,’ प्रधानमन्त्री ओलीले बिहिबार बिहान ट्विटमार्फत् जानकारी दिएका छन्।
‘स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
प्रधानमन्त्रीको ट्वीटको केहिबेर अघि उनी उपचाररत् त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गतको मनमोहन कार्डियोथेरासिस भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले एक विज्ञप्ति जारी गरि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भइरहेको जनाएको थियो।
Shares

प्रतिक्रिया