बीरगञ्जमा प्रहरी इन्स्पेक्टर बनेर पैसा लुट्न खोज्ने बीरगंज महानगरपालिका–५ का २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदी एक लाख धरौटीमा रिहा भएका छन्।
चतुर्वेदीले हेटौंडाका अनन्त खतिवडासँग म जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी निरीक्षक हो भनी हप्काई पैसा मागेको प्रहरीले जनाएको छ।
पीडितको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। चतुर्वेदीमाथि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा एक लाख रुपैयाँ धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया