समाज


बुटवलमा बम विस्फोट

बुटवलमा बम विस्फोट

बम विस्फोटस्थलमा सुरक्षाकर्मीहरु


सुदीप भण्डारी
बैशाख २८, २०७९ बुधबार २१:२९, बुटवल

बुटवलमा बुधबार साँझ बम विष्फोट भएको छ। 

मिलनचोक स्थित सनराइज बैंकको अगाडि बम पड्किएको हो। 

विस्फोट भएको ठाउँमा नेकपा माओवादी क्रान्तिकारी लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएकाे छ।

‘स्थानीयले विस्फोटको आवाज सुन्यौँ भनेर खबर गरेपछि हामी आयौँ’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले भने, ‘यहाँ आकाशे पुलमुनि पर्चा छरपस्ट छ।’

अन्य केही क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

विस्फोट गरिएको कुकर बमसँगै 'वैशाख २९ गते नेपाल बन्द गरौं' भन्ने सन्देश लेखिएको कागज फेला परेको केसीले बताए।

स्थानीय तहको निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा भएको बम विस्फोटले बुटवलको सुरक्षामा चुनौती थपिदिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .