ad ad

समाज


गद्दि बैठक सर्वसाधारणका लागि खुला

गद्दि बैठक सर्वसाधारणका लागि खुला

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १२:४७,

काठमाडौँको वसन्तपुर दरबार परिसरमा रहेको हालै पुनर्स्थापित गद्दी बैठकलाई निर्देशित भ्रमणका निम्ति सर्वसाधारणका लागि खुला गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइ र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले त्यहाँ आयोजित एक समारोहबीच मंगलबार संयुक्तरूपमा उद्घाटन गरेका हुन्।

सन् १९०८ देखि नै उक्त दरबारक्षेत्रको चिनारीको रुपमा रहँदै आएको गद्दी बैठक दरबार यसरी सर्वसाधारणका लागि खुला गरिएको पहिलो पटक हो।

‘यो दरबार सर्वसाधारणका लागि पहिले कहिल्यै खुला गरिएको थिएन । यसको मुख्य कक्ष निर्देशित भ्रमणका लागि उपलब्ध हुनेछ भने यसको भुईं तलामा एक संग्रहालय रहनेछ,’ अमेरिकी दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ‘केही महिनापछि खुल्ने उक्त संग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दूर्लभ पुरातात्विक वस्तु रहेका छन्।’

निर्देशित भ्रमणहरूमा सहभागिताका लागि तोकिएको प्रवेश जाँच–स्थलमा पहिले नै दर्ता गर्नुपर्नेछ।

२०७२ को महाभूकम्पपछि अमेरिकी सरकारको सांस्कृतिक संरक्षणका लागि राजदूत कोषले गद्दी बैठक र प्रवेशद्वार भवनलाई संरचनात्मकरूपमा सुदृढ बनाउन कुल ९ लाख अमेरिकी डलर बराबरको दुई भागमा अनुदान प्रदान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .