चितवन राष्ट्रिय निकुन्जले प्रतिबन्धित जंगली जनावर चित्तल मारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खैरहनी नगरपालिका–१३ का हेमबहादुर ढुंगाना रहेको निकुञ्जले जनाएको छ।
चित्तल मारी परालको टौवामा लुकाइ राखेको भन्ने सूचनाको आधारमा ढुंगानालाई पक्राउ गरिएको हो। ढुंगानालाई निकुञ्ज सुरक्षार्थ खटिएको टोलीले चित्तल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउसमेत बरामत गरेको छ।
बटुकदल गणको टोलीले ढुंगानालाई नियन्त्रणमा लिएर निकुञ्जमा बुझाएको हो।
प्रतिबन्धित जंगली जनाबर मारेको अभियोगमा निकुञ्ज ऐन २०२९ को दफा २६ को उपदफा तीन अनुसार रु २० हजारदेखि ५० हजारसम्म जरिवान र ६ महिनादेखि एक वर्षसम्म कैद सजायको व्यवस्था रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए।
कुमरोज सामुदायिक वन नजिकै घर भएका ढुंगानालाई समय थप गरी अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया