अहिले (सोमबार बिहान) देशभर मौसम बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको हो।
आज दिउँसो पनि देशका मध्य र पूर्वी क्षेत्रमा सामान्य तथा पश्चिमी भूभागमा मौसम आंशिक बदली रहनेछ। साथै पूर्वी तथा मध्य हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यस्तै राति पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्यसम्म र बाँकी भूभागमा आंशिक बदली रहनेछ। साथै हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका पूर्वी तथा मध्य हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया