ad ad

समाज


काठमाडौँ-सिन्धुली साइकल यात्रा सुरु

काठमाडौँ-सिन्धुली साइकल यात्रा सुरु

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार ३:३४,

समृद्ध सिन्धुली नागरिक अभियानलेले काठमाडौँ–सिन्धुलीगढी साइकल यात्रा सुरु गरेको छ।

पर्यटनमन्त्री योगेश भट्टराईले काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा शुक्रबार बिहान साइकल यात्राको उद्घाटन गरेका छन्।

‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा ऐतिहासिक स्थल सिन्धुलीगढी पुगेर टुंगिनेछ। यात्रामा साइकल यात्री र आयोजक गरी दुईसयको सहभागिता छ।

सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । हरेक बर्ष २४ कात्तिकमा सिन्धुलीगढीमा विजय उत्सव मनाउने गरिन्छ।

यात्रामा सहभागीलाई भक्तपुर, काभ्रे, सिन्धुली, धनुषा र महोत्तरीका विभिन्न स्थानीय तह, संघसंस्था, सुरक्षा निकाय र विद्यालयले खाजा र पानीको व्यवस्था गरेका छन्।

सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको दुई सय ५० वर्ष पुगेको अवसरमा काठमाडौँ–सिन्धुली साइकल यात्रा गरिएको हो।

साइकल यात्रामा विश्व साइकलयात्री पुष्कर शाहसहितको सहभागिता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .