ad ad

प्रविधि


हाम्रो पात्रोले ल्यायो खरिद-बिक्रि गर्न सकिने ‘कम्यूनीटि’ फिचर

हाम्रो पात्रोले ल्यायो खरिद-बिक्रि गर्न सकिने ‘कम्यूनीटि’ फिचर

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार ३:३४,

नेपालीबीच सर्वाधिक रुचाइएको नेपाली एप्लीकेशन ‘हाम्रो पात्रो’ ले आज आफ्ना ५० लाख प्रयोगकर्ताहरुको दैनिकिलाई अझ सहज पार्दै  https://we.hamropatro.com मार्फत् खरिद–बिक्रि सुविधा सार्वजनिक गरेको छ।

यसबाट काठमाडौंमा रहेका व्यक्तिले आफ्ना नयाँ अथवा पुराना सामान, घर–जग्गा, सवारी साधन, मोबाइल, घडी अथवा अन्य आफ्ना सेवा सुविधा अरुलाई बेच्न अथवा खरिद गर्न सक्नेछन्।

सर्वसाधारणका लागि यो फिचर निकै उपयोगी हुने ‘हाम्रो पात्रो’ ले दावी गरेको छ।

‘हाम्रो पात्रो’ का संस्थापक/अध्यक्ष शंकर उप्रेतीको फेसबुक वालमा पहिलो पटक यो फिचर ‘कम्यूनीटि’ नामको यो सार्वजनिक भएको थियो। सर्वाधिक लोकप्रिय कम्यूनीटिका रुपमा 'Hamro Market' मा एकदिनमै झण्डै दुई हजार सदस्य दर्ता भएका छन्।

हाम्रो पात्रोका संस्थापक/अध्यक्ष शंकर उप्रेती भन्छन्, ‘हाम्रा प्रयोगकर्ताको आवश्यक्ता तथा सल्लाहलाई मध्यजनर राख्दै वहाँहरुको खरिद बिक्रिकाबीच कुनै तेस्रो पक्ष नहोस् र कुनै पनि सामान अथवा सेवा सिधै बिक्रेताले खरिदकर्तासम्म तथा खरिदकर्ताले बिक्रेतासम्म सिधै सम्पर्क गरी कारोबार गर्न सकोस् भन्ने उद्देश्यले हामीले हाम्रो ‘WE हाम्रो पात्रो’ कम्यूनीटि फिचर 'Hamro Market' सार्वजनिक गरेका हौं।’

‘हाम्रा नियमित र व्यापक प्रयोगकर्ताहरुले यसमा राख्नुहुने सामाग्री अथवा सेवाको खरिद बिक्रिबाट जोकोहीले लाभ लिनसक्ने छन्’, उप्रेतीले थपे।

patro2

यस्तो छ कम्यूनिटि फिचर
दैनिक कम्तिमा १० लाख भन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रो मासिक ५० लाख बढी प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन्। दैनिक उपभोगका, व्यक्तिगत प्रयोगका मोबाईल, घडी, सवारी साधन, घर जग्गा अथवा अन्य कुराहरु बेच्ने अथवा खरिद गर्ने आवश्यक्ता हाम्रो पात्रोबाटै पूरा गर्न प्रयोगकर्ताका लागि सही विकल्प हुन सक्ने ठानेर यो सेवा ल्याइएको उप्रेतीले जनाए।

‘आफ्ना कुराहरु बेच्न अथवा खरिद गर्ने व्यक्ति खोज्न हाम्रो पात्रो प्रयोगकर्ताको यो कम्यूनिटि प्रभावकारी छ’, उनले भने, ‘समग्रमा यो फिचरलाई प्रयोगकर्ता बनाउनुपर्ने झण्झट छैन र बनिबनाउ प्रयोगकर्ताको एउटा नियमित समूहलाई यस खरिद बिक्रिको सुविधामा सजिलै जोड्न सक्दछ।’

कसरी जुट्ने यो कम्यूनिटिमा?
यो कम्यूनिटिमा अहिले यो लिंक https://we.hamropatro.com/c/ff6e7bb0-0c27-11ea-9a0a-0242ac12003e लाई क्लिक गरेर Login with Google अथवा Login with Facebook मध्ये कुनै एकबाट लगइन गरेर त्यहाँ उपलब्ध कम्यूनिटिहरु मध्ये 'Hamro Market' खोल्न सकिन्छ। र, त्यहाँ रहेको Join Community बटनलाई थिचेर दर्ताका लागि रिक्वेस्ट पठाउन सकिन्छ।

हाम्रो पात्रोले त्यो रिक्वेस्टलाई स्विकारेपछि त्यस कम्यूनिटीमा आफ्ना सामाग्री अथवा सेवालाई तस्वीर सहित पोष्ट गर्न अथवा खरिद बिक्रिका लागि पोष्ट गरिएका स्ट्याटसहरुमा कमेन्ट गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .