समाज


सुन तस्करी नयाँ तरिका: मोबाइलको ब्याट्रीमा सुनको धुलो

सुन तस्करी नयाँ तरिका: मोबाइलको ब्याट्रीमा सुनको धुलो

दीपक खरेल
असार ७, २०७६ शनिबार १५:४६,

सुन तस्करीमा संलग्न गिराेहका सदस्यहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन भित्राउन अनेक उपाय गरिरहेका छन्।

विमानस्थल प्रहरीले शनिबार बिहान सुन तस्करीकाे एउटा अनाैठाे घटनाकाे खुलासा गरेकाे हाे। प्रहरी, अपराध महाशाखा र भन्सारकाे संयुक्त अनुसन्धानमा माेबाईलकाे ब्याट्रीमा सुनकाे तस्करी भईरहेकाे भेटिएकाे हाे।

युनाईटेड अरब ईमिरेटसकाे दुबईबाट आएका भारतीय नागरिकका साथबाट माेबाईलकाे ब्याट्रीमा सुनकाे धुलाे राखेकाे अवस्थामा बरामद भएकाे हाे।

भारतकाे नयाँ दिल्लीका अमिर मिर्जाले बाेकेका दुई माेबाईलमध्ये एउटा माेबाईलकाे ब्याट्रीमा ५० ग्राम सुनकाे धुलाे बरामद भएकाे हाे। फ्लाई दुबईबाट आएका मिर्जाले सुन पास हुने वा नहुने परिक्षणका लागि सुन ल्याएकाे प्रारम्भिक बयान दिएका छन्।

उनले सुनलाई धुलाे बनाएर माेबाईलकाे ब्याट्रीमा राखेर ल्याएका थिए।उनी लगातार दुबई आ उजाउ गरिरहेका थिए।यही आधारमा प्रहरीले शंका लागेर चेकजाँच गर्दा सुन भेटिएकाे हाे। मिर्जाका बिषयमा थप अनुसन्धान भईरहेकाे विमानस्थल प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .