मालपोत कार्यालय धुलिखेल, काभ्रेका नायब सुब्वा रोशकाजी जसपाउ २० हजार घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुधबार उनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।
बिक्री गरेको जग्गाको राजश्व र लाभकरसमेत दाखिला गरी जग्गा धनी प्रमाण पुर्जा लिने प्रयोजनका लागि मालपोत कार्यालय गएका सेवाग्राहीसँग जसले घुस मागेका थिए।
उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया