ad ad

रोचक


आगोले पोलेर रुँदै गरेको कोआला उद्धार गर्न पुगिन् एक महिला (भिडियो)

आगोले पोलेर रुँदै गरेको कोआला उद्धार गर्न पुगिन् एक महिला (भिडियो)

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ८:९,

आगजनीका कारण संयौ घरहरु नष्ट भएका छन्। हजारौं मानिस विस्थापित भएका छन्।

बाक्लो झाडीमा लागेको आगलागीको खतरा मध्यनजर गर्दै न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ।

हालै उक्त आगजनीको एक मार्मिक भिडियो सार्वजनिक भएको छ। जहाँ अस्ट्रेलियामा पाइने विशेष किसिमको जनावर कोआला आगोको बिचमा देखिएको छ।

आगोले पोलेर रुँदै गरेको उक्त कोआलालाई एक महिलाले आगोको बिचमा गएर उद्धार गर्छिन्।

Image result for koala rescue

कोअलाको डढेको अंगहरुमा पानी हालिदिन्छिन्। उद्धारपछि कोआला बाँच्न सफल भएको द गार्जेनले जनाएको छ।

उक्त घटना न्यु साउथ वेल्सको भएको जनाइएको छ। कोआलालाई बचाउने महिला टोनी डोहर्टी भएको अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन्।

यतिबेला उनको विश्वभरबाट प्रशंसा भइरहेको छ।

(भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .