समाज


तिलोत्तमा बन्यो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका

तिलोत्तमा बन्यो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका

सुदीप भण्डारी
चैत ८, २०७८ मंगलबार १७:५६, काठमाडौँ

रुपन्देहीको तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका बनेको छ।

कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एग्रिडेसन फाउन्डेसन (यूएएफ) अमेरिकाले तिलोत्तमालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित गरेको छ।

आईएसओ सर्टिफिकेसन नेपालका निर्देशक सुदिप शर्माले मंगलबार तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान गरे।

तिलोत्तमा नगरपालिकाले विभिन्न सूचक पार गरेर अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो स्थानीय तह बनेको निर्देशक शर्माले बताए। नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको र देशभरमा अन्य पालिकाहरुले समेत अन्तर्राष्ट्रिय गुणस्तर लिन प्रक्रिया अगाडी बढाइरहेको उनले जानकारी दिए।

तिलोत्तमाका नगर प्रमुख वासुदेव घिमिरेले सबैको सहकार्यबाट नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरेको भन्दै आभार व्यक्त गरे।  ३ वर्षसम्म म्याद रहने सो गुणस्तरलाई दिगोपन दिन सबै कर्मचारी, जनप्रतिनिधि नगरबासीहरुको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव यज्ञ गैरे, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली लगायतले नगरपालिकाले एक पछि अर्को गर्दै प्राप्त गरेको सफलताले नगरवासीको शिर उच्च बनाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .