ad ad

समाज


१६ ‘हाई प्रोफाइल’ जुवाडे धरौटीमा रिहा, क्यासिनो किङ बले छुटेनन्

१६ ‘हाई प्रोफाइल’ जुवाडे धरौटीमा रिहा, क्यासिनो किङ बले छुटेनन्

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १५:३७,

२ करोड ६७ लाख नगदसहित पक्राउ परेका २५ ‘हाई प्राेफाइल’ जुवाडे मध्ये १६ जना धराैटीमा रिहा भएका छन्। 

सम्पत्ति शुद्धीकरण  अनुसन्धान विभागले  हेलिकाेप्टर कम्पनी एयर डाइनेस्टीका प्रवन्ध निर्देशक पवित्रकुमार कार्कीसहित १६ जनालाई धरौटीमा छोडेको हो। 

विभागले ‘क्यासिनो किङ’ भनेर चिनिने बलराम सापकोटा ‘बले’लाई भने धरौटीमा रिहा गर्न अस्विकार गरेको छ। बलेसहित नौ जनामाथि थप अनुसन्धान गरिने विभागले जनाएको छ।

महाराजगञ्जस्थित विक्रम गौतमको घरबाट २ करोड ६७ लाख सहित २५ जना जुवाडे कार्तिक ९ मा पक्राउ परेका थिए।

महानगरीय प्रहरी वृत्तले पक्राउ गरेका उनीहरू काठमाडाैं जिल्ला प्रशासन कार्यालयबाट धराैटीमा रिहा भएका थिए। उनीहरू रिहा भए लगत्तै सम्पत्ति शुद्धीकरण  अनुसन्धान विभागमा प्रहरीले बुझाएकाे थियाे। प्रशासनले कार्तिक २५ मा रिहा गरेका उनीहरू अर्काे दिनदेखि २०  दिनकाे अनुसन्धानका लागि विभागकाे हिरासतमा राखिएका  थिए।

विभागले पवित्रकुमार कार्की, पवनकुमार गुप्ता, इन्द्रबहादुर श्रेष्ठ, श्रवणकुमार गोयल, गेल्जे लामा, सोहेल कार्की, बुद्ध लामा र रामकृष्ण केसी लाई जनही २० लाख धरौटी मागेकाे थियाे। 

यस्तै, अशोक श्रेष्ठ र कृष्णहरी भण्डारीसँग विभागले जनही १९ लाख ४० हजार रुपैयाँ धरौटी लिएको छ भने धावा लामासँग १६ लाख ५० हजार, श्यामप्रसाद पराजुली र साङ्बु शेर्पासँग ९ लाख ४० हजार धरौटी माग गरेको छ।

यसैगरी, रञ्जन राजवंशीसँग ८ लाख ९५ हजार, होमप्रसाद चौलागाईंसँग ६ लाख र प्रेम थापा मगरसँग २ लाख ५० हजार रुपैयाँ धरौटी मागिएको विभागले जनाएको छ।

याे पनि: ‘हाइप्रोफाइल’ जुवाडेको रोदनः ‘डिएसपी’साप पैसा लैजानुस्, हामीलाई छाडिदिनुस्’

वृत्तले कार्तिक ९ गते राती छापा मारेर महाराजगञ्ज पिपलमार्गमा रहेको विक्रम गौतमको घरबाट २५ जना जुवाडे पक्राउ गरेको थियो। पक्राउ परेका २५ जुवाडेहरुमा क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटा सहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .