ad ad

समाज


जनकपुरमा युवकलाई गोली हान्दा घाँटीमा अड्कियो, उपचार गर्न काठमाडौं लगियो

जनकपुरमा युवकलाई गोली हान्दा घाँटीमा अड्कियो, उपचार गर्न काठमाडौं लगियो

प्रतिकात्मक तस्बिर


शैलेन्द्र महतो
फागुन २२, २०७८ आइतबार १०:५५, जनकपुर

धनुषामा एक युवकलाई शनिबार राति गोली हानिएकाे छ।

धनुषाको जनकपुरधाम उप महानगरपालिका १९ बेंगाशिवपुरमा १८ वर्षीय मुकेश मुखियालाई गाेली हानिएकाे हाे।

मुखियाको घाँटीमा गोली लागेको छ। गोली घाँटीमै अड्किएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राति नै काठमाडौं पठाइएको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए।

कमला नगरपालिका ७ घर भएका मुकेश बेंगाशिवपुरमा आफ्नो मामा भोगी मुखियाको घरमा बस्ने गरेका थिए। 

मामाको किराना पसलमा शनिबार राति आएका स्थानीयसँग कुराकानी गरिरहेका बेला मुकेशलाई गोली हानिएकाे प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट पेस्तोल बरामद भएको छ भने गोली हान्ने व्यक्ति पनि पहिचान भइसकेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रजौरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .