ad ad

समाज


आज धेरै ठाउँमा घाम लाग्यो, काठमाडौंको तापक्रम बढ्यो!

आज धेरै ठाउँमा घाम लाग्यो, काठमाडौंको तापक्रम बढ्यो!

नेपालखबर
मंसिर २, २०७६ सोमबार ४:५७,

आज (सोमबार) देशका अधिकांश स्थानमा घाम लागेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अुनसार पश्चिम र पूर्वका पहाडी क्षेत्रमा आंशिक बदलीबाहेक देशका अधिकांश स्थानमा सामान्यतया मौसम सफा छ।

‘आज धेरै ठाउँमा घाम लागेको छ,’ नेपालखबरसँग उनले भने, ‘करिब करिब आज दिनभर नै मौसम यस्तै रहने देखिन्छ।’

‘बेलुकादेखि भोलि बिहानसम्ममा खासगरी सदूरपश्चिमका उच्च हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना देखिन्छ,’ उनले भने, ‘तर त्यस्तो ठूलो मौसमी प्रणाली नभएकाले जनजीवनमै प्रभाव पार्ने खालको हुँदैन।’

यसैबीच काठमाडौं उपत्यकामा भने हिजो आइतबारको तुलनामा आज तापक्रम बढेको छ।

वरिष्ठ मौसमविद् पौडेलका अनुसार हिजो बिहानको तुलनामा आज बिहान काठमाडौं उपत्यकाको तापक्रम १ डिग्री बढेको हो। हिजो ११ डिग्री सेल्सियस तापक्रम रहेकामा आज बिहान लिइएको काठमाठडौंको तापक्रम १२ डिग्री पुगेको हो।

‘खासमा दिनप्रतिदिन चिसाे बढ्दै जानुपर्ने हो,’ उनले भने, ‘तर जुन दिन राति आकाश खुला हुन्छ त्यसकाे भाेलिपल्ट तापक्रम घट्छ, गएको रातभर आकाशमा बादल थियो, त्यसैले आज बिहान उपत्यकाको तापक्रम केही बढेको हो।’

हिजोको तुलनामा काठमाडामैं उपत्यकामा आज चिसो कम भएको उनको भनाइ छ।

अहिले देशमा पश्चिमी वायुका साथै पाकिस्तान तथा आसपासका क्षेत्रमा विकसित पश्चिमी न्यून चापीय प्रणाली, भारतको राजस्थानमा बनेको न्यून चापीय प्रणाली र दक्षिण-पश्चमी बंगालको खाडीदेखि मध्य-पूर्वी बंगालको खाडीसम्म कायम न्यून चापीय रेखाको असर नेपालमा परेको उनले बताए।

आज मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा समस्या आएकाले मौसम सम्बन्धी बुलेटिन अपडेट गर्न नपाइएको वरिष्ठ मौसमविद् पौडेलले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .