समाज


रुपन्देहीको तिलोत्तमा र सैनामैना पूर्णखोप सुनिश्चित नगर घोषणा

रुपन्देहीको तिलोत्तमा र सैनामैना पूर्णखोप सुनिश्चित नगर घोषणा

सुदीप भण्डारी
फागुन १६, २०७८ सोमबार १९:५७, काठमाडौँ

रुपन्देहीको तिलोत्तमा र सैनामैना पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ।

सोमबार आयोजित छुट्टा छुट्टै कार्यक्रममा दुई नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो।

१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएपछि तिलोत्तमालाई मुलुककै पहिलो कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। पूर्ण खोप सुनिश्चित घोषणालाई आज सार्वजनिक गर्दै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्माले तिलोत्तमाले नगरबासीको स्वास्थ्यप्रति जिम्मेवार बनेको बताए।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले तिलोत्तमा कार्यविधि अनुसार काम गरेर मुलुकमै पहिलो कोरोनाविरुद्धको खोप सुनिश्चितता भएको पालिका बन्न सफल बनेको उल्लेख गरे।

नगरप्रमुख बासुदेव घिमिरेले खोप अभियानमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै खोपको दिगोपनको लागि नगरपालिकाले योजनाबद्ध रुपमा काम गर्ने बताए।

तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८ सय ८६ जना रहेका छन्। लक्षित जनसंख्या ९५ हजार ९ सय ६६ रहेकोमा तिलोत्तमामा लक्षितभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका हुन्।

यस्तै सैनामैना नगरपालिकामा  ६७ हजार ५९७ जनाले कोरोना विरुद्धको खोप लगाएसँगै पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ।

आइतबार स्वास्थ्य कार्यालय रुपन्देहीको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्यका लागि सक्षम प्रणाली, रेडक्रस सोसाइटीको सहभागितामा ३ वटा वडाका १ सय ८० घरधुरीमा सुलभ सर्वेक्षण गर्दा पूर्ण खोप पाएको नागरिक ९५ प्रतिशत भन्दा धेरै भेटिएपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप घोषणा सभाका लागि नगरपालिकालाई स्वीकृत प्रदान गरेको थियो।

नगरपालिकामा सोमबार आयोजित घोषणा सभामा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सैनामैना देशकै नमुना पालिकाको रुपमा अघि बढेको बताए।

उनले मानवीय स्वास्थ्य सेवाप्रति सजक हुँदै नगरले पक्षपातरहित ढंगबाट खोप अभियान सञ्चालन गरि पूर्ण खोप सुनिश्चित पालिका समेत घोषणा गर्नु सैनामैनावासीका लागि गर्वको विषय बनेको उल्लेख गरे। कार्यक्रममा सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले पूर्ण खोप युक्त पालिका बनाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविकाहरुको भूमिका सराहनीय भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .