अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भिमफेदी, मकवानपुरका जेलर चिरञ्जिवी थापा र उनकी श्रीमती गोमा कट्टेल थापा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
थापाले सार्वजनिक सेवाको पदमा रही गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरेको अख्तियारको ठहर छ।
थापाले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४५ जेठ ४ गतेदेखि आव २०७/७६ सम्ममा गैरकानूनी रुपमा एक करोड १३लाख ६० हजार चार सय १० रुपपैयाँ ९५ पैसा आर्जन गरेको अख्तियारको छानबिनले देखाएको छ। थापाले गैर कानुनी रुपमा आर्जन गरेको स्रोत नखुलेको रकम श्रीमती गोमा कट्टेल थापाको नाममा राखेको पाइएको छ।
स्रोत नखुलेको रकम विगो कायम गरी थापा दम्पती विरुद्ध आज (आइतबार) विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया