प्रहरीले अवैध २५ हजार अमेरिकी डलरसहित एक भारतीय नागरिकलाई विमानस्थलबाट पक्राउ गरेको छ।
शनिबार दिउँसो विमानस्थल प्रहरीले ओमन एयरको उडानबाट दुबई जान लागेको भारतीय नागरिक ३५ वर्षीय सत्य नारायण रामाचार्यलाई २५ हजार अवैध अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट पक्राउ गरेको हो।
राहदानी नम्बर एस ८३००९०० बाहक रामाचार्यलाई अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानतर्फको हेन्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा हेन्ड ब्यागमा पत्रिकाले बेरेर सो रकम लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको विमानस्थल सुरक्षा कार्यालले जनाएको छ।
उनले पत्रिकाले बेरेर १ सय दरका २५ हजार डलर लैजान लागेका थिए।
रामाचार्यलाई थप अनुसन्धान र कारबाहीका लागि रकमसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रतिक्रिया