सन् २०१७ को सेप्टेम्बर महिनामा उत्तरले परमाणु हतियार परीक्षण गरेको थियो। त्यसको विस्फोटबाट एक पहाड आफ्नो स्थानबाट केही पर सरेको अनुसन्धानलाई उदृत गर्दै फक्सन्युजले जनाएको छ।
विज्ञान सम्बन्धी अखबार जियोफिजिकल जर्नल इन्टरनेसनलमा प्रकाशित अनुसन्धानमा माउन्ट म्यानट्याप पहाड १.७ फिट सर्ने गरी परमाणु हतियार विस्फोट भएको जनाइएको छ।
उक्त विस्फोट माउन्ट म्यानट्याप पहाडभन्दा १ हजार ७ सय ७१ फिट तल गराइएको थियो। जापानको एएलओएस–२ भूउपग्रहबाट अनुसन्धान गरिएको थियो।
भारतीय वैज्ञानिकहरले उक्त विस्फोटनको असरको बारेका अध्ययन गरेका थिए। उत्तरको परमाणु हतियार विस्फोट हुँदा २ सय १७ फिट लामो एक खाल्डो बनेको थियो।


प्रतिक्रिया