राजनीति


उपनिर्वाचनलाई जनमत संग्रहका रुपमा लिएका छौँः प्रदीप पौडेल

उपनिर्वाचनलाई जनमत संग्रहका रुपमा लिएका छौँः प्रदीप पौडेल

नेपालखबर
मंसिर १, २०७६ आइतबार ८:१९,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा बढिरहेका विकृति, विसंगति र भ्रष्टाचारको अन्त्यका लागि पनि जनमत जाहेर गर्न उपनिर्वाचनलाई जनमत संग्रहको रुपमा लिन सकिने बताएका छन्।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत आइतबार पोखरा महानगरपालिका–३३ मा घरदैलोमा सहभागी बन्दै नेता पौडेलले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

सरकार लोकतान्त्रिक संविधानका विपरीत अघि बढेको बताउँदै उनले न्यायालयलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रता हनन् गर्ने जस्ता कार्यमा उद्यत रहेको धारणा राखे। पार्टीले चुनाव प्रचारप्रसारका क्रममा आइतबार पोखरा महानगरपालिका–३३ भरतपोखरीमा आफ्नो घरदैलो गरेको छ।

कांग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेलले ८८ वर्षीय होमनाथ आचार्यबाट आशीर्वाद लिएर पोखरा–३३ मा घरदैलो शुरु गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad