काभ्रेको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा हुँदा एक युवतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ९८प ७५८२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भइ काठमाडौँको पुरानोवानेश्वरमा डेरा गरी बस्ने १९ वर्षीया अनुपमाकुमारी राउतको मृत्यु भएको हो।
दुर्घटनामा स्कुटर चालक रामेछापको मन्थली नगरपालिका–९ घर भई हाल मध्यबनेश्वर काठमाडौँमा डेरा गरी बस्ने २२ वर्षीय गोपाल बोहरा घाइते भएका छन्।
दुर्घटनामा घाइते राउतलाई धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौँ लगिएको थियो।
उपचारका क्रममा आइतबार बिहान ३ः०० बजेतिर राउतको मृत्यु भएको हो। घाइते बोहराको दाहिने हातको औँला र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य छ।
Shares

प्रतिक्रिया