समाज


कञ्चनपुरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, २ युवकको मृत्यु

कञ्चनपुरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, २ युवकको मृत्यु

नेपालखबर
मंसिर १, २०७६ आइतबार ४:८,

कञ्चनपुरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका-२ वाणीमा शनिबार राति सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल ठोक्किएको हो।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका-३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय (झलारी)का प्रहरी निरीक्षक नैनबहादुर साउदका अनुसार मोटरसाइकल ट्रकमा ठोक्किएपछि सख्त घाइते भएका दुवैलाई सेती प्रादेशिक अस्पताल (धनगढी) पुर्‍याइए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।

दुवैको शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad